इटहरीका संक्रमितको धरानमा मृत्यु

विराटनगर – सुनसरीको इटहरी उपमहानगरपालिकाका कोरोना भाइरस संक्रमित एक बृद्धको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी २० का स्थानीय ७८ वर्षीय बृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि प्रतिष्ठानको प्रयोगशालामा दोस्रो पटक कार्तिक १ गते गरिएको पिसिआर परीक्षणका क्रममा बृद्धको रिपोर्ट पोजिटिभ नै आएको थियो ।

यसअघि असोज १८ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । बृद्धमा रक्तअल्पता(हेमोग्लोबिन) र ग्यासट्राइटिसको समस्या रहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए।

यसक्रममा बृद्धको थप उपचारका क्रममा असोज १९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

यसक्रममा प्रतिष्ठानमा ६३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरि, प्रदेश १ मा हालसम्म ३४ महिला र ९८ पुरुष गरि १ सय ३२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

 

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्