१६ लाख भन्दा बढीको सुनसहित जनकपुरबाट एकजना पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट १६ लाख भन्दा बढीको सुनसहित एकजना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुनसहित एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र शेनले जानकारी दिए।

गोप्य सूचनाको आधारमा बा १० च ३५६८ नम्बरको मारुती भ्यानलाई चेकजाँच गर्दा १६ लाख २३ हजार ८ सय रुपैयाँ मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र सीमा सुरक्षा बल गण नं. ८ जनकपुरधाम हेडक्वाटरबाट प्रहरी निरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटेको टोलीले गाडीसहित सो सुन बरामद गरेका हो।

प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं. ७ का ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको छ ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्