थप १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।
कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्