सार्वजनिक सवारीले अब पुरानै भाडा लिनुपर्ने

काठमाडौँ–सार्वजनिक सवारी साधनको भाडा पुरानै लागू हुने भएको छ।

मंगलबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा पुरानै लागू हुने सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

उनले भोलिदेखि सार्वजनिक सवारी साधनमा पूर्ण क्षमतामा यात्रु राख पाउने र भाडा पनि पूरानै लिनुपर्ने बताए। कोरोना भाइरससँग सुरक्षित रहन सामाजिक दुरी कायम गर्ने गरी यस अघि ५० प्रतिशत भाडा लिने र आधा क्षमतामा यात्रु राख्न पाउने निर्णय सरकारले गरेको थियो।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्