सभामुख सापकोटाको दसैँ भत्ता कोरोना कोषमा

सभामुख अग्नी सापकोटा। फाइल फोटो।

काठमाडौँ – सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेसँगै सभामुख सापकोटाले पनि त्यस्तै जम्मा गर्ने घोषणा गरेका हुन्।

उनले देशको हालको संकटपूर्ण अवस्थालाई मध्यनजर गरेर सत्ता र प्रतिपक्षी दलले कोरोना कोषमा रकम जम्मा गर्ने निर्णयको स्वागतसमेत गरेका छन्।

उनले भनेका छन्, ‘संस्थालाई मध्ये नजर गरी सत्ता पक्ष तथा प्रमुख प्रतिपक्ष दल गरेको सुझबु्पूर्ण निर्णयप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। देशको आर्थिक अवस्था संकटपूर्ण रहेको वर्तगान अवस्थामा यस घडीमा सरकारको कोरोना नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरको छु।’

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्