अन्तिमका दुई टोलीको भिडन्त : राजस्थानविरुद्ध चेन्नईले टस जितेर ब्याटिङ रोज्यो

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत केहिबेरमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

चेन्नईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्ले अफमा पुग्ने सम्भावना कायम राख्न दुवै टोली यो खेल जित्नैपर्ने दबाबमा छन्।

९ खेलबाट ६ अंक भएको चेन्नई सातौँ र राजस्थान आठौँ तथा अन्तिम स्थानमा रहेको छ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्