प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थप

मोरङ- मोरङ र सुनसरीमा २ सय ७५ सहित प्रदेश १ मा ३ सय ३२ जना नयाँ कोरोना भाइरस कोभिड १९ संक्रमित थप भएका छन् ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरंगमा १ सय ४४, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा ४९ महिला र ५१ पुरुष गरि १ सय जया नयाँ संक्रमित थप भएका छन् ।

यद्धपि मोरङको विराटनगर महानगरपालिकामा ७१, बेलबारी नगरपालिकामा ३१, कानेपोखरी गाँउपालिकामा १२, सुन्दरहरैचा नगरपालिकामा ९, पथरीशनिश्चरे नगरपालिकामा ६, उर्लाबारी नगरपालिकासंगै कटहरी, बुढीगंगा गाँउपालिकामा समान ३, रतुवामाई नगरपालिकामा २, रंगेली नगरपालिका, जहदा गाँउपालिका, ग्रामथान गाँउपालिका र लेटाङ नगरपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा २१, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झोक्राहानरसिंह गाँउपालिका र गढी गाँउपालिकामा समान २, बर्जु गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । झापाको मेचीनगर नगरपालिकामा १०, विर्तामोड नगरपालिकामा ९, दमक नगरपालिकामा ६, भद्रपुर नगरपालिकामा ४, गौरादह नगरपालिकामा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति र कमल गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि, पहाडी क्षेत्रतर्फ उदयपुरको त्रियुगा नगरपालिकामा ६, संखुवासभाको धर्मदेवी नगरपालिकामा ३ र मादी नगरपालिकामा १, इलामको रोङ गाँउपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ८८ पुगेको छ ।

त्यसैगरि, प्रदेशमा सोमबार ४ सय ६५ जना निको भएर डिस्चार्ज भएकाछन् । डिस्चार्ज भएकामा प्रदेश १ का विभिन्न स्थानमा होम आईसोलेसनबाट ४ सय ५५, विराटनगरको विराट शिक्षण अस्पतालबाट ७ र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ जना डिस्चार्ज भएका हुन् । यससंगै हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।

प्रदेश १ मा सोमबार १ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको थियो । परीक्षण गरिएको मध्ये १ सय ३२ महिला र २ सय जना पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म १ लाख ४७ हजार ९ सय ९४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्