व्यवसायी सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ–व्यावसायी सौरभ ज्योति र उनकी पत्नी सिर्जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार सौरभ ज्योतिले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नी पत्नीलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
उनले आफू र पत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको र दुबै आइसोलेसनमा बसेको जानकारी पनि गराए।
कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्