ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी, ३० हजार लिटर डिजेल नष्ट

बुटवल:  रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा रहेको ट्यांकरमा सोमबार बेलुकी आगलागी भएको छ।

पम्पकोे लागि इन्धन लिएर आएको ट्यांकरले पम्पको ट्यांकीमा तेल खन्याउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। घटना बेलुकी ८ बजेतिर भएको हो।

आगलागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूूर्ण रुपमा जलेर नष्ट भएको छ। साथै ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको बताइएको छ।

आगलागीबाट इन्धन खन्याउने क्रममा अपरेटरको हातखुट्टा जलेको छ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्