लीड्समाथि वुल्भ्सको जित, लगातार तेस्रो खेलमा विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ। अवे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा वुल्भ्सका लागि राउल जिमिनेजले ७० औँ मिनेटमा गोल गरेका हुन् । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो ।

जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । सुरुका दुई खेल गुमाएको वुल्भ्सले पछिल्ला तीन खेलमा भने लगातार जित दर्ता गरेको छ । सोमबार राति नै भएको खेलमा वेष्ट ब्रोम र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्