आइपिएलमा धोनीको २०० औँ खेल यादगार बन्न सकेन

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले  आइपिएलमा आफ्नाे २०० औँ खेललाई स्मरण योग्य बनाउन सकेनन् ।

राजस्थान रोयल्सले १३ औँ संस्करणको आइपिएलको ३७ औँ खेलमा चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो ।

१२६ रनको लक्ष राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि जोस बट्लरले ४८ नटआउट ७० रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे ।

यस्तै स्टीभ स्मीथले ३४ बलमा नटआउट २६ तथा बेन स्टोकले ११ बलमा १९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १२५ रन बनायो ।

उसका लागि रवीन्द्र जडेजाले ३० बलमा चार चौकाको सहयोगमा ३५ रन बनाए। यस्तै कप्तान धोनीले २८ बलमा २८ तथा साम करेनले २५ बलमा २२ बनाए ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्