भक्तपुरको च्याङ्ग्रा बजारका तस्बिरहरु

काठमाडौँ – कोरोना महामारीले सबैतिरको व्यापार चौपट भएका बेला राजधानीमा च्याङ्ग्राको व्यापारमा पनि मन्दि आएको छ। राजधानीमा दसैँका बेला च्याङ्ग्राको व्यापार अध्याधिक हुने गरेको थियो ।

तर यसपटक अघिल्लो वर्षहरुमा जस्तो व्यापार हुन नसकेको च्याङ्ग्रा व्यापारीहरु बताउँछन्। माग अनुसारको आपूर्ति समेत नभएपछि च्याङ्ग्राको मूल्य समेत बढेको छ।

चीनबाट च्याङ्ग्राको आयात हुन नसकेपछि मूल्य बढेको व्यापारीको भनाई छ। छिटपुट रुपमा च्याङ्ग्राको व्यापार भने भइरहेको छ ।

भक्तपुरकाे एक स्थानमा च्याङ्ग्राको व्यापार भइरहेको दृष्य देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले नियालेका छन्।
केही तस्बिरहरु

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्