वरिष्ठ चलचित्र पत्रकार कृष्णमुरारी अधिकारीको निधन

काठमाडौँ – वरिष्ठ चलचित्र पत्रकार कृष्णमुरारी अधिकारीको निधन भएको छ। ७१ वर्षका अधिकारीको मंगलबार बिहान ओमबहाल स्थित घरमै निधन भएको उनका साथी डा. राजेश गौतमले जानकारी दिए ।

लामो समय चलचित्र पत्रकारिता गरेका अधिकारी पछिल्लो समय भने स्वास्थ्य अवस्था खराब भएका कारण त्यति सक्रिय थिएनन् ।

डा. गौतमले भने, ‘मेरो त निकै पुरानो साथी हो । विशेष गरेर उनले चलचित्र क्षेत्रको पत्रकारितामा लामो समय आफूलाई समर्पित गरे । असल साथी र असल चलचित्र पत्रकार गमायौँ ।’

अधिकारीको मंगलबार नै अन्त्यष्टि भएको छ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्