बस है माया पर्खिएर छुट्टीमा भेट्न आउँदैछु
तिम्रै यादमा तड्पिएर विरह लेख्दै गाउँदैछु ।।

गाई चराउँदै वन पाखामा पात बजाउँथ्यौँ नि
मीठा मीठा कल्पनाका साथ सजाउँथ्यौँ नि
सँगै हुन्थ्यो घाँस दाउरा पानी पँधेरो
तिमी बिना विचलित छ सधैँ मन मेरो
बस है माया पर्खिएर…

सँगसँगै चड्थ्यौँ झर्थ्यौँ उकाली ओराली
साक्षी छन् ती कसम खाएका ढुंगे देउराली
अहिले साथ छुटेको छ टुट्ने छैन माया
जीवनभरि तिमी मेरी छुट्ने छैन छाया ।।
बस है माया पर्खिएर…

बस है माया पर्खिएर छुट्टीमा भेट्न आउँदैछु
तिम्रै यादमा तड्पिएर विरह लेख्दै गाउँदैछु ।।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्