बबई नदीमा डुबेर दाङमा एक बालिकाको मृत्यु

फाइल तस्बिर।

दाङ–बबई नदीमा डुबेर र एक बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीया छोरी कृतिका चौधरीको नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

मंगलबार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिए।

मृतक बालिकाकी आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुबेको अवस्थामा पछि थाहा पाएपछि उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले  जनाएको छ।

बालिकाको शवलाई पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्