तस्करको आक्रमणबाट ज्यान गुमाएका प्रहरी जवानको शव आफन्तले बुझे

ज्यान गुमाएका प्रहरी जवान रामबहादुर साउँद।

धनगढी– धनगढी उपमहानगरपालिका १२ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।

विभत्स तरिकाले हत्या गरिएका प्रहरी जवान साउदका आफन्तले दोषीलाई कडाभन्दा कडा कारबाही र परिवारले राज्यबाट पाउने सेवा सुविधाको माग अनुसार जिल्ला प्रहरीमा छलफलपछि शव बुझेको मृतक रामबहादुर साउदका भतिजा धनराज साउदले बताए।

उनले पोष्टमार्टम भइसकेको र आजै शव अछाम लिएर धार्मिक संस्कार अनुसार भोलि कैलाश खोलामा दाहसंकार गरिने बताए।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्