कोरोना संक्रमणबाट एकै दिन झापाका तीनजनाको मृत्यु

झापा- कोरोना भाइरसको संक्रमणबाट झापामा मंगलबार एकै दिन तीनजनाको मृत्यु भएको छ।

बिर्तामोड, भद्रपुर र दमकका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। भद्रपुर नगरपालिका वडा नं ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए।

कात्तिक २ गते संक्रमण पुष्टि भएका ती संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएको थियो।

कोरोना संक्रमणबाटै बिर्तामोड ४ की ७६ वर्षीया बृद्धाको विराटनगरको विराट मेडिकल कलेजमा कोरोना संक्रमणबाट मृत्यु भएको हो।

दुवैको कनकाई माईमा अन्त्येष्टि गरिएको छ।

त्यसैगरी मंगलबार दिउँसो दमक १० का ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भयो।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्