कविता

शुभकामना!

आँशु सबै सुकोस खुशी नै खुशी बनोस्
अभिनय नबनोस् आशा नै आशा बनोस्
डर भय कतै नहोस् जीवन उमङ्ग बनोस्
खुशी नै खुशीले सब संसार भरियोस्
सबैमा बडा दसैँको शुभकामना।

रातो रङ्गमा सबैको जित बनोस्
मधुर मौसम सबको गीत बनोस्
सबैमा समानताको समदृष्टि बनोस्
पिर व्यथा सबै देवी माताले मारून्
सबै जनमा शान्तिको भाव छावोस्
सबैमा बडा दसैँको शुभकामना ।।

वर कोही नहोस् पर कोही नहोस्
कसै जनमा कसैको रिसराग नबसोस्
सबैमा समान प्रेमको भाव जागोस्
सबैमा आशा अनि आशा नै भरियोस्
मुस्कान नै मुस्कानले बस्ती गुञ्जियोस्
यही छ मेरो शुभकामना शुभकामना।।।

लोभ लालच असत्य सबै दैत्यझै मरून्
सबले सबलाई प्रेम गर्ने आशा जागोस्
सबै जनले सबै जनलाई सत्कार गरुन्
अन्याय अत्याचार जति देवीले मारून्
सबैमा जीवन आशाको भाव जागोस्
यही छ मेरो शुभकामना शुभकामना।।।

रातो टीका सबैको आशिर्वाद बसोस्
पहेलो जमरा सबैको उर्जा बनोस्
सबै जनहरू आफैमा आफ्ना बनुन्
आफ्नो आफ्नैहरुबाट टाढिन नपरोस्
दुर्गा भवानीको आशिर्वाद सबैमा परोस्
सबै जनहरूको जीवन मंगलमय बनोस्
बडादसैँको शुभकामना शुभकामना।।।।।

(दिनेश घिमिरे, काठमाडाैँ)

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्