धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका –२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

संक्रमण पुष्टि भएपछि घरमै बसेका ती संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कात्तिक ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्