काठमाडौँ – भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) को उद्घाटन कार्यक्रममा अधिकांश पत्रकारलाई प्रवेश गर्न दिइएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्मित रानीपोखरीको उद्घाटनपछि दरबार हाइस्कूलको उद्घाटन कार्यक्रममा सहभागी भएकी हुन् ।

तर सो कार्यक्रममा नेपाल टेलिभिजन र कान्तिपुरबाहेक सञ्चार संस्थाका पत्रकारलाई प्रवेश दिइएको छैन । अधिकांश पत्रकारहरुले बाहिरबाटै तस्बिर खिचेका छन् ।

भूकम्पले भत्किएको दरबार हाइस्कूलको पुनर्निर्माण चीन सरकार सहयोगमा भएको हो।

रानीपोखरीको उद्घाटन कार्यक्रम भने ‘भद्रगोल’ व्यवस्थापनमा भएको थियो ।