राजधानीको टेकुस्थित पचली भैरवलाई बुधबार हनुमानढोकामा रहेको कुमारीको दर्शन गराएर फर्काइएको छ।

पचलीभैरवको जात्रा भनेर यो जात्रालाई चिनिन्छ।

कोरोना महामारीका कारण मठमन्दिरहरु बन्द रहे पनि पीपीई र मास्क लगाएर भक्तजनहरुले पचली भैरवलाई हनुमानढोका घुमाएर फर्काएका थिए। पहेँलो रङको पीपीईमा पहेँलपुर देखिएका भक्तजनहरुले पचली भैरवलाई बोक्ने क्रममा मास्क र फेस सिल्ड पनि लगाएका छन्।

कोरोना महामारीका कारण यस वर्ष दसैँको समयमा पनि मठमन्दिरहरु बन्द रहेका छन्।

पचलीभैरबको हनुमानढोका यात्रा पछ्याएका देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले केही क्षणहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन्।