काठमाडौँ– २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेको ऐतिहासिक रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। करिब ३ सय वर्षअघि कान्तिपुरका तत्कालिन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गरेका थिए।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि शोकाकुल बनेकी रानीलाई खुसी बनाउन रानीपोखरी निर्माण गरेको बताइन्छ।पुननिर्माण सम्पन्न भएसँगै रानीपोखरी मनमोहक देखिएको छ।

यस्तै बुधबार नै चीनले पुननिर्माण गरिदिएको दरबार हाइस्कुलको पनि उद्घाटन भएको छ। दरबार हाइस्कुल पनि २०७२ सालको भुकम्पले भत्काएको थियो।

रानीपोखरी र दरबार हाइस्कुलका केही तस्बिरः