रियल मड्रिडको च्याम्पियन्स लिगमा खराबर सुरुवात, पहिलो खेलमै पराजित

च्याम्पियन्स लिगको कीर्तिमानी विजेता रियल मड्रिडले यो सिजनको सुरुवात हारबाट गरेको छ।

समूह बी मा रहेको स्पेनिस क्लब रियल मड्रिड बुधबार राति भएको आफ्नो पहिलो खेलमा घरेलु मैदानमै शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको हो ।

पहिलो हाफमा तीन गोल खाएको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि हार टार्न भने सकेन ।

शाख्तरका लागि २९ औँ मिनेटमा कार्डोसो लेमोस मार्टिन्स तथा ४२ औँ मिनेटमा मानोर सोलोमोनले गोल गरे । ३३ औँ मिनेटमा रियल मड्रिडका राफायल भारानेले आत्मघाती गोल गरेका थिए ।

रियल मड्रिडका लागि ५४ औँ मिनेटमा लुका मोड्रिडक तथा ५९ औँ मिनेटमा भिनिसिअस जुनियरले गोल गरे पनि हार टार्न नसकेका हुन् ।

समूह बी अन्तर्गत नै भएको अर्को खेलमा इन्टर मिलान र बोरुसिया मोन्चेङ्गग्लाडवाचले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्