स्पेनमा संक्रमितको संख्या १० लाख भन्दा धेरै

कोभिड–१९ बाट मृत्यु भएकाहरुको चिहान। तस्बिर : गेट्टी इमेज

पश्चिम युरोपेली देश स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । सो क्षेत्रमा यति धेरै संख्यामा संक्रमित हुने स्पेन पहिलो देश हो ।

बुधबार स्पेनमा १६ हजार ९७३ जना नयाँ संक्रमित थपिए भने १५६ जनाको कोभिड–१९ का कारण ज्यान गयो । महामारीको पहिलो लहर लगभ नियन्त्रणमा लिएका स्पेनसहितका युरोपेली देशमा अहिले फेरि महामारीको दोस्रो लहर सुरु भएको छ ।

स्पेनमा गएको जनवरी ३१ मा पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म १० लाख पाँच हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वमा १० लाख भन्दा बढीमा संक्रमण पुष्टि हुने स्पेन छैटौँ देश हो । अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा यसअघि नै सो आँकडा पूरा भएको थियो ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्