विराट कोहली कप्तानको बैंग्लोरको आइपिएलमा शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

विराट कोहली कप्तानीको बैंग्लोरले इयान मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

८५ रनको झिनो लक्ष्य बैंग्लोरले १३ ओभर तीन बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टाएको हो।

उसका लागि देवदत्त पाडिकालले १७ बलमा २५, एरोन फिन्चले २१ बलमा १६, गुर्कीरत सिंहले २६ बलमा नटआउट २१ तथा कप्तान कोहलीले १७ बलमा नटआउट १८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ८ विकेटको क्षतिमा मात्रै ८४ रन बनायो । कप्तान मोर्गनले ३० रन बनाए पनि अरुले राम्रो गर्न सकेनन् । बैंग्लोरका मोहम्मद सिराजले तीन तथा युजवेन्द्र चहलले दुई विकेट लिए ।

जितपछि बैंग्लोर १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्