नबिल बैंकका अध्यक्ष पौड्यालले लिए शपथ

काठमाडौँ – नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन्।

नवनियुक्त अध्यक्षलाई बुधबार आयोजित एक भर्चुअल समारोहबिच नेपाल राष्ट्र बैंकका गभर्नर माहाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्