भक्तपुरमा कोरोनाले ५३ जनाको मृत्यु, २ हजार भन्दा बढि सक्रिय संक्रमित

भक्तपुर – भक्तपुरमा सक्रिय कोरोना भाइरस संक्रमित २ हजार १ सय ४६ जना भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक अनुसार १२ सय ६ जना पुरुष र ९४० जना महिला संक्रमित छन्।

यस्तै कोरोना भाइरस संक्रमणकै कारण अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ, जसमा १७ महिला रहेका छन् भने ३६ पुरुष छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक अनुसार संक्रमितहरु मध्ये अस्पतालको आइसोलेशनमा बस्ने ३४५ जना रहेका छन् । जसका १३२ महिलाको संख्या रहेको छ भने २१३ पुरुष छन्। यस्तै होम आइसोलेशनमा बस्नेको संख्या १८०१ रहेको छ, जसमा ८०८ जना महिला र ९९३ जना पुरुष छन्।

कात्तिक ४ गतेसम्म भक्तपुरमा जम्मा ४६९९ जना कोरोना संक्रमित भइसकेका छन्। जसमा २०४७ जना महिला र २६५२ जना पुरुष रहेका छन्। अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या भने २५०० रहेको छ। जसमा १०९० जना महिला र १४१० जना पुरुष रहेका छन्।

भक्तपुरका ४ नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै संक्रमित मध्यपुर ठिमी नगरपालिकामा छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म मध्यपुर ठिमी नगरपालिकामा १६ सय ५९ जनामा कोरोना संक्रमण भइसकेको छ, जसमा ९४० जना पुरुष र ७१९ जना महिला छन्।

मध्यपुर ठिमी पछि धेरै संक्रमण देखिएको सूर्यविनायक नगरपालिकामा ७५३ जना पुरुष र ५४२ जना महिलामा कोरोना संक्रमण भएको छ। त्यसपछि भक्तपुर नगरपालिकामा ६२७ जना पुरुष र ५७७ जना महिला गरी जम्मा १२०४ जना कोरोना संक्रमित भएका छन्।

संक्रमित संख्या सबैभन्दा कम रहेको चाँगुनारायण नगरपालिकामा २७७ जना पुरुष र १७५ जना महिला गरी ४५२ जना संक्रमित छन् । जनस्वास्थ्य कार्यालयको तथ्यांकमा ८९ जना बाहिर जिल्लाका संक्रमित पनि समावेस छन्।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्