विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा १ का ८३ वर्षीय बृद्धको बिहीबार बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको हो।

उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास र पिसाब थैलीमा समस्या भएका बृद्धमा कात्तिक ३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

सहप्रवक्ता श्रेष्ठका अनुसार कोरोना पुष्टि भएसँगै उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै प्रतिष्ठानमा हालसम्म ७० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेश १ मा ४३ महिला र १ सय ९ जना पुरुष गरि कुल १ सय ५२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्