देशभर २९० जना कोरोना संक्रमित आईसीयु, ७७ जना भेन्टिलेटरमा

फाइल तस्बिर।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २९० जना कोरोना संक्रमितको आईसीयुमा र ७७ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले प्रदेश १ मा ३२ जना, प्रदेश २ मा १० जना, बागमती प्रदेशमा १ सय ७४ जना, गण्डकी प्रदेशमा  १५ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिममा ३ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।

यस्तै प्रदेश १ मा ८ जना, बागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा दुई जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यस्तै झापा, माेरङ, सुनसरी, काठमाडौँ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेतमा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित शून्य रहेको जिल्ला मनाङ मात्रै हो।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्