प्रदेश–२ मा थपिए ९३ जना कोरोना संक्रमित

जनकपुरधाम– प्रदेश २ मा थप ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या १५ हजार १ सय ८२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

गौर अस्पताल रौतहट, प्रादेशिक जनवास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा धनुषामा २३, सप्तरीमा २०, पर्सामा १८, बारामा १७, महोत्तरीमा ४, सिरहामा ४, रौतहटमा ४ र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै आज ३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १३ हजार ७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। आज सप्तरीमा १८, सिरहामा ७, पर्सामा ४ र धनुषामा १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्