कोरोना अपडेटः संक्रमित १ लाख ४८ हजार ५०९, निधन ८१२, डिस्चार्ज १ लाख २ हजार ८२०

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताए।

यससँगै बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ। यस्तै हालसम्मको कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको प्रवक्ता गौतमले बताए।

बिहीबार काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५२ कोभिड १९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जना रहेका छन्।

आज देशभर १३ हजार ३ सय ३९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् भने ३१ हजार ५ सय ३८ जना संक्रमित होम आएसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ। हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ८ सय १२ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ य ५५ जनाको पीसीआर परीक्षण भएको छ। आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए।

आज देशभर ३ हजार ७ सय ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्। देशभर २ सय ९० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ भने ७७ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्