आईपीएलः राजस्थानविरुद्ध टस जितेर बलिङ गर्दै हैदरावाद

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ।

जारी आईपीएलमा नौ खेलबाट ६ अंक जोडेको हैदरावाद अ‌ंकतालिकाको सातौँ स्थानमा छ भने १० खेलबाट आठ अंक जोडेर राजस्थान छैठौँ स्थानमा रहेको छ।

राजस्थानको कप्तान स्टेभेन स्मिथ छन् भने हैदरावादको कप्तान डेविड वार्नर छन्।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्