दाङका कोरोना संक्रमितको बाँकेमा निधन

दाङ– कोरोना भाइरस संक्रमित लमही नगरपालिका वडा नंं ५ निवासी ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि असोज २७ गते नेपालगञ्ज मेडिकल कलेज अस्पताल, कोहलपुरमा उनलाई भर्ना गरिएको थियो।
सोही दिन संकलन गरिएको स्वावमा कोरोना पोजेटिभ आएपछि सोही अस्पतालको कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो।
बिहीबार बेलुका ४ बजेर ५० मिनेटमा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
मृतक व्यक्तिमा लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए। बाँके जिल्लामा यस भन्दाअघि जिल्ला बाहिरको १५ जना संक्रमितको मृत्यु भएको थियो।
कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्