कोरोनाबाट नेपालगञ्जमा ५० वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि अशोज २५ गते स्वाव परीक्षण गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो। ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैबिच, शनिबार बाँकेमा ४२ जना डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेशन सेन्टरमा बसेका उनीहरु शनिबार डिस्चार्ज भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

कात्तिक ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्