दसैँमा घर जानेको त्रिभूवन विमानस्थलमा भिड (तस्बिरहरु)
फोटो फिचर
फोटो फिचर
काठमाडौँ – कोरोना भाइरसको महामारीका बिच दसैँ मनाउनका लागि घर जानेहरुको भिड त्रिभूवन विमानस्थलमा यो वर्ष उच्च देखिएको छ । सार्वजनिक गाडीमा त्यति यात्रु नदेखिए पनि आन्तरिक उडानबाट विभिन्न जिल्ला जानेहरुको धेरै छन् ।
त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलमा उडान पर्खिनेहरुबिच भौतिक दूरी कायम भएको देखिएको छैन । यात्रुहरु भिडभाड गरेर उभिएका वा बसेका देखिन्छन् ।
यात्रु प्रतिक्षा गर्ने हलमा राखिएका बेन्चमा भौतिक दूरी कायम गर्नका लागि रहेक सिटपछि अर्को सिटमा नबस्न आग्रह गरिएको सन्देश देखिएको छ । तर भिड हुँदा ती सिटमा पनि यात्रु बसेका छन् । भिड भए पनि प्रायः सबै यात्रुले मास्क भने लगाएका छ्न ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले महाअष्टमीको दिन शनिबार बिहान त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलमा जिल्ला जाने विमान पर्खिएका यात्रुहरुको भिडका केही तस्बिर खिचेकी छन् ।