डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले ट्वीटरमा लेखेका छन्।

चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने जानकारी पनि डा. भट्टराईले दिएका छन्।

उनले भनेका छन्, ‘केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

कात्तिक ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्