चिक्षुरहरू
महिषासुर पुज्दै
वाष्कल पाेस्दै ।
‘बिडाल’हरू
काेराेनात्सव गर्दै
अँध्याराे छर्दै ।
निस्पट कालाे
कहीँ कतै देखिन्न
असली सत्ता ।
सत्ता लड्या छ
काेराेनामा… कुर्सीमा…
खैर लड्या छ ।
लड्नेले जित्ला
जितेपछि हाैसेला
हाैसेरै डुब्ला ।
डुब्दै चास्नीमा
सत्ताका बिचाैलिया
‘कमिले’ नेता ।
नेताकाे यात्रा
‘झिँगापुर’ साेझिँदै
ठाेक्दै सामन्त !
‘सामन्त’ आए
नव सामन्त भेट्न
अशुभ रात ।
रातमै सही
नक्सा-पूर्जा आयाे त ?
सामन्तसँगै ।
सामन्ती कब्जा !
जल जमीन जेथा
मगन्ते बेथा !
बेथा चर्कै छ-
जन्मियून् सृष्टिरूपा
हे महामेधा !
महाअष्टमी, २०७७
(चिक्षुर: महिषासुरकाे सेना नायक, वाष्कल: ६० लाख रथीसहितकाे असुर सेनाकाे कमाण्डर, बिडाल:महिषासुरका असुर सेना)
कात्तिक ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्