रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले फ्र्यांकफर्टलाई ५-० ले पराजित गरेको छ ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले कीर्तिमानी ह्याट्रिक गरे । उनले १०, २६ र ६० औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।

७२ औँ मिनेटमा लिरोय साने तथा ९० औँ मिनेटमा जमाल मुसिएलाले गोल गरी घरेलु टोली बार्यनलाई शानदार जित दिलाएका हुन् ।

लेवान्डोस्की बुण्डेस लिगाको एक सिजनमा सुरुका पाँच खेलमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

जित निकालेको बार्यन पाँच खेलबाट १२ अंकसहित दोस्रो स्थानमा पुगेको छ । उ शीर्ष स्थानको आरबी लेइप्जिग भन्दा एक अंकले पछि रहेको छ । लेइप्जिगले हेर्थ बर्लिनलाई २-१ ले पराजित गरेपछि पाँच खेलबाट १३ अंक बनाएको छ ।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्