दाङ –  चिसो मौसम सुरु भइसकेको छ। दिउँसो घाम लागे पनि बिहान बेलुकी जाडोको महसुस हुने क्रम बढ्दै गएको छ।

तराईँका जिल्लाहरुमा त बिहानीपख कुहिरो लाग्ने क्रम पनि सुरु भएको छ। तराईँमा कुहिरोले उदाउँदै गरेको सूर्यलाई छेक्ने गरेको छ।

बिहान कुहिरो लागे पनि मध्यान्नपछि भने पारिलो घाम लाग्ने गर्छ।

कुहिरोकाबीच दाङबाट आइतबार बिहान देखिएको सूर्योदयलाई देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामेरामा कैद गरेकी छिन्।