इटालीमा कोरोना संक्रमित संख्या बढ्न थालेपछि फेरि स्वास्थ्य सुरक्षामा कडाइ

केही महिनाअघि कोरोना भाइरस संक्रमणका कारण दैनिक ठूलो संख्यामा सर्वसाधारणको ज्यान जाने गरेको इटालीमा पछिल्लो केही समयदेखि अवस्था सामान्य हुँदै गएको थियो।

यद्यपि आइतबार इटालीमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमित भेटिएका छन्।

इटालीमा यसपछि स्वास्थ्य सुरक्षामा कडाइ गरिनुका साथै कतिपय सहज पारिएका क्षेत्रहरुमा नियन्त्रण गरिएको छ।

समाचार संस्था एएफपीका अनुसार कोरोना भाइरस संक्रमितहरुको संख्या बढेपछि इटालीमा सुरक्षामा मापदण्डहरुमा कडाइ गरिएको हो।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्