प्रदेश–१ मा थप ५५७ जनामा कोरोना पुष्टि, ४७६ जना डिस्चार्ज

माेरङ– प्रदेश १ मा थप ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार १ सय ९९ महिला र ३ सय ५८ जना पुरुषमा आइतबार संक्रमण पुष्टि भएको हो।

यसक्रममा मोरङमा २ सय ५०, झापा १ सय २४, सुनसरी १ सय १८, उदयपुर १३, धनकुटा ६, संखुवासभा ९, इलाम ८, भोजपुर १ र प्रदेश बाहिर २८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ५९ महिला र ९२ पुरुष गरी कुल १ सय ५१ जना संक्रमित थपिएका छन्। मोरङकै सुन्दरहरैंचा नगरपालिकामा २३, पथरीशनिश्चरे नगरपालिकामा १६, बेलबारी नगरपालिकामा १३, लेटाङ र उर्लाबारी नगरपालिकामा समान ९, रतुवामाई नगरपालिकामा ७, ग्रामथान गाउँपालिकामा ६, कानेपोखरी गाउँपालिकामा ५, कटहरी, मिक्लाजुङ, बुढीगंगा गाउँपालिकासँगै रंगेली र सुनवर्षी नगरपालिकामा समान २ र ठेगाना नखुेलेको १ जनामा संक्रमण भेटिएको हो।

त्यसैगरि झापाको दमक नगरपालिकामा ६८, विर्तामोड नगरपालिकामा २३, गौरादह नगरपालिकामा ११, मेचीनगर नगरपालिका ७, कमल गाउँपालिका ५, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, नगरपालिका, हल्दीबारी गाउँपालिका र ठेगाना नखुलेकोमा समान २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ६९, धरान उपमहानगरपालिका र इनरुवा नगरपालिकामा समान ११, , दुहबी नगरपालिकामा ६, बराह क्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा समान ५, देवानगञ्ज गाउँपालिकामा ३, हरिनगर, कोशी, बर्जु गाउँपालिकामा समान २, भोक्राह नरसिंह र गढी गाउँपालिकामा १ गरी कुल १ सय १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा ६, बेलका नगरपालिकामा ५ र त्रियुगा नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ।

पहाडी क्षेत्रतर्फ, संखुवासभामा ९, इलाममा ८, धनकुटामा ६ र भोजपुरमा १ जनामा संक्रमण देखिएको छ।

यसैक्रममा प्रदेश १ बाहिरका २८ जनामा पनि आइतबार संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा हालसम्म १७ हजार ४ सय १४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

अर्कोतर्फ प्रदेशमा आइतबार १ सय ८२ महिला र २ सय ९४ पुरुषसहित ४ सय ७६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेशभर आइतबार ५ सय ५५ महिला र १ हजार पुरुष गरी कुल १ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म १ लाख ५४ हजार ५ सय ४० जनाको पीसीआर परीक्षण भएको छ।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्