धरानमा कोरोना संक्रमित बृद्धको निधन

सुनसरीका एक कोरोना संक्रमित बृद्धको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी उपमहानगरपालिका ४ का ७९ वर्षीय बृद्धको उपचारका क्रममा आइतबार अपरान्ह ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

बृद्धमा कात्तिक ६ गते कोरोना भाइरस कोभिड १९ पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि आइतबार नै भर्ना गरिएको थियो ।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित बृद्धमा उच्च रक्तचापको समेत समस्या रहेको डा. श्रेष्ठले जानकारी दिए।

यससँगै प्रदेश १ मा हालसम्म १ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ५० महिला र १ सय १७ जना पुरुष रहेका छन् ।

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्