काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण दसैँको दिन देशका अधिकांश क्षेत्रमा घमाइलो हुने मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कात्तिक १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्