नेपालगञ्ज – पछिल्लो तीन दिनमा चिन्ह लक्षण नदेखिएका कोरोना पोजिटिभलाई दशौँ दिन छोड्ने नीति अनुसार सोमबार दसैँको टीकाको दिन बाँकेमा ३७ जना डिस्चार्ज भएका छन् ।

यही नीति अनुसार हिजो २ सय २८ जना डिस्चार्ज भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आठ, नौ र दशौँ दिन चिन्ह लक्षण देखिएको छैन भने त्यस्तालाई छोड्ने नीति लिइएको जानकारी दिए ।

बाँकेमा २२ पुरुष र १५ महिला यही नीतिका आधारमा डिस्चार्ज भएका छन् । दशौँ दिन पुगेका उनीहरुको दसैँमा घर जान नपाइने चिन्ता दूर भएको छ ।

फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा अहिलेसम्म दुई हजार ६ सय २२ जना डिस्चार्ज भएका छन् । अब ३ सय ३८ जना आइसोलेशनमा बसेका छन् ।

कात्तिक १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्