वीपी प्रतिष्ठानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजेर ५५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका डा. श्रेष्ठले स्वास्थ्य अवस्था गम्भीर बनेर थप उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जानकारी दिए।

कोरोना संक्रमण भएपछि पुरुषलाई आठाँै दिन कार्तिक ८ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै प्रदेशमा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरि कुल १ सय ७२ जनाको मृत्यु भएको छ।

जसमा प्रदेश १ का १ सय ५६ र प्रदेश १ बाहिरका १६ जनाको संक्रमणबाट मृत्यु भएको हो।

कात्तिक ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्