भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा भारी गिरावट

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा भारी गिरावट आएको छ।

बितेको २४ घण्टामा भारतमा ३६ हजार ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यो तीन महिना यताकै एकै दिन संक्रमण पुष्टि हुने सबैभन्दा न्यून संख्या रहेको बताइएको छ।

पछिल्लो २४ घण्टामा भारतभर ४८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अब भारतमा संक्रमित हुनेको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ भने अहिलेसम्म १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।

अहिले भारतमा ६ लाख २५ हजार ८५७ संक्रिय संक्रमित रहेका छन्। ७२ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

बितेको २४ घण्टामा भारतभर ९ लाख ५८ हजार मानिसमा कोरोना परीक्षण गरिएको थियो ।

कात्तिक ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्