हिल्दु विद्युत वितरण केन्द्रका कर्मचारीमा कोरोना पुष्टि हुँदा सेवा प्रभावित

सिमकोट– तीनजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि हुम्लाको हिल्दु विद्युत आयोजनाको वितरण केन्द्रको सेवा प्रभावित भएको छ।

संक्रमित तीनै जना कार्यालयमै आइसोलेसनमा बसेका छन्। कार्यालय सील गरिएको छ, जसका कारण विद्युत ‘रिडिङ’ र ‘बिलिङ’ पनि बन्द भएको केन्द्रले जानकारी दिएको छ। कार्तिक १९ गतेसम्म सेवा प्रभावित हुने केन्द्रको भनाइ छ।

सिमकोट र खार्पुनाथ गाउँपालिकामा केन्द्रका एक हजार आठ सय सेवाग्राही छन्।

कात्तिक ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्