काठमाडौँ – देशका पहाडी भूभागमा बुधबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेक अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

बुधबार राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले जानकारी दिएका छन्।

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्