नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो।

कोरोना महामारीका कारण बैठक स्थगित गरिएको नेकपाले जनाएको छ।

अब यो बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५–१७ मा आयोजना हुने जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्