कविता

सपना!

सपना बुनौँ कि बेचौँ
सपनाको संसारमा सबै
अस्तित्व भित्र हो कि सपना
सपना भित्र अस्तित्व हो कि
अलमल भएको जस्तो
सपना बुन्न पनि डर छ
सपना बेच्न पनि डर छ
सपनाको अस्तित्व भित्र
जीवन यसै जगडिन्छ।

सपनाको किनबेच हो कि
क्रेता आफै बिक्रेता आफै
सपनाको भाउ नमिलेर
आफैभित्र बेतालले मारिन्छन्
बेस्करी बेस्करी कता कता
आफैभित्र दुःखे पो जस्तो
आफैलाई भुले पो जस्तो
के गरुँ के गरुँ यसलाइ
सपना बुनेर कि बेचौँ

सपनै सपनाको संसारमा
आफनो सपनाको किनबेच
आफै भित्र भित्र बिझिदिन्छ
कसरी पो हो सम्हालिने
लिलामिमा छन् सपनाहरु
खरीदका लालायित मनहरु
आफैभित्र द्वन्द सिर्जना गर्छन्
सपना बुनौ कि बेचौँ

केही अस्तित्व छ सपनाको
कहि अस्तित्व छैन सपनाको
सबै अभ्यस्त छन् सपनामा
मानवियता भित्र होस नहोस्
जीवनता भित्र होस नहोस्
असाध्यै भिड छ सपनाहरुको
छनौटमा पो छन् सपनाहरु
सपनाको केवल यात्रा छ
अनन्त यात्रा जीवन यात्रा ।।

(दिनेश घिमिरे, भक्तपुर)

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्